सुपथ मूल्य पसल आजदेखि, यी सामानमा पाइने छ छुट

प्रकाशित मिति: १ आश्विन २०७८, शुक्रबार

काठमाडौं । दशैँ, तिहार र छठ पर्व लक्षित सुपथ मूल्य पसल आजदेखि सञ्चालनमा ल्याइएको छ । सरकारले चाँडपर्वको अवसरमा हरेक वर्ष दशैँ, तिहार र छठ पर्वका बेला सञ्चालन गर्दै आएको सुपथ मूल्य पसल यस वर्ष पनि ४३ ठाउँमा सञ्चालन गर्न लागेको हो।

सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कार्यालय रहेका ३९ जिल्लाका ४३ ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको हो । कम्पनीले काठमाडौं उपत्यकामा खाद्यको थापाथली, रामशाहपथ, नक्खु, लगनखेल र सूर्यविनायक बिक्री केन्द्रबाट, उपत्यकाबाहिर बनेपा, विराटनगर, बिर्तामोड, हेटौँडा, नारायणगढ, भैरहवा, बुटवल, नेपालगञ्ज, पोखरा, दाङ, सुर्खेत, धनगढी, महेन्द्रनगर, डडेलधुरालगायत ठाउँबाट खाद्य वस्तु बिक्री वितरण गर्न लागेको हो ।

साल्ट ट्रेडिङले चिनीमा ५ रुपैयाँ र नुनमा २ रुपैयाँ, दुग्ध विकास संस्थानले घिउमा प्रतिकिलो ५० रुपैयाँ र पनीरमा प्रतिकिलो २० रुपैयाँ, खाद्य व्यापार कम्पनीले फापर, सिमी भटमासको तेल, चामल र खसीबोकामा प्रतिकिलो १० रुपैयाँ तथा पिठो, चिउरा, तोरीको तेल, सनफ्लावरको तेल, दालमा प्रतिकिलो ५ रुपैयाँ छुट दिएको छ ।

साल्ट ट्रेडिङका अनुसार चिनी प्रतिव्यक्ति २ किलो र नुन ६ किलोसम्म किन्न पाइनेछ । सुपथ मूल्य पसल कात्तिक २४ गतेसम्म सञ्चालन हुनेछ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट