स्वस्थ र निरोगी रहन कोदो खाने गरौँ

प्रकाशित मिति: ११ भाद्र २०७८, शुक्रबार

काठमाडौं । कोदो तराईदेखि उच्च पहाडी क्षेत्रसम्म जुनसुकै जलवायुमा पाइन्छ । ढिँडोको रूपमा कोदो खानु अति नै फाइदाजनक मानिन्छ । रोटीको रूपमा खानु वा गहुँ, मकै आदि पिठोमा कोदोको पिठो मिसाएर रोटी लगायतका परिकार बनाउनुसमेत लाभदायक मानिन्छ।

चिकित्सा विज्ञानले खाद्यान्नको रूपमा कोदोको प्रयोग गर्नु राम्रो हुने बताएको छ । चिनी र प्रोटिनको मात्रा कम हुने भएकाले सबै खालका मानिस र बिरामीहरूका लागि कोदो राम्रो मानिन्छ । कोदोमा प्रशस्त मात्रामा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, म्यागनिज, भिटामिन बी, टिप्टोफेन, फाइबर, एन्टिअक्सिडेन्टलगायत तत्वहरु पाइन्छ ।

तौल घटाउन, मुटुसम्बन्धी रोग नियन्त्रण गर्न, हाड बलियो बनाउन, स्वस्थ पेट बनाउन पनि कोदोलाई राम्रो मानिने गर्छ । मधुमेहका बिरामीका लागि उपयुक्त मानिने कोदोमा चामल र मकैभन्दा ३५ गुणा र गहुँभन्दा ८ गुणा बढी क्याल्सियम पाइन्छ । पाचनसम्बन्धी विकारमा समेत कोदो उपयोगी मानिएको छ ।

यसले गर्दा ग्यास्ट्रिक अल्सर र कोलोन क्यान्सरको सम्भावनामा समेत कमी आउँछ । यसमा भएको रेसाले कब्जियत तथा अत्यधिक ग्यासलाई दूर गर्छ । कोदोको नियमित उपयोगले क्यान्सरको जोखिमलाई समेत कम गर्न सक्छ । कोदो खाँदा मुटु रोग लाग्दैन भने हाड बलियो बनाउँछ । बालबालिकाको हाड र दाँतको विकासमा सघाउँछ, नराम्रो कोलेस्ट्रोल घटाउँछ, शरीरको विषाक्तता बाहिर निकाल्छ ।

यस्तै कोदोको सेवनले हाम्रो शरीरमा रगतको कमी हुदैन भने कब्जियत हुनबाट र मधुमेहबाट जोगाउँछ । यसले स्तन क्यान्सर हुन दिँदैन, शारीरिक तौल नियन्त्रणमा राख्छ, मृगौला र कलेजोको रोग लाग्नबाट जोगाउँछ । ऊर्जाको राम्रो स्रोत मानिेने कोदोले कुपोषण हुन दिँदैन, छाला चम्किलो बनाइ राख्छ, आमाको दूध बढाउँछ, पित्तथैलीमा पत्थरी हुन दिँदैन, रोगप्रतिरोधी क्षमता बढाउँछ ।

कोदोको पिठो चाहिए हामीलाई सम्पर्क गर्नुहोला !
सिलिचुङ स्टोर नेपाल
मोबाईल : ९८१३९१५३५५


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट