किन खाने छुर्पी ?

प्रकाशित मिति: १४ श्रावण २०७८, बिहीबार

काठमाडौं । छुर्पी सुकेको पनीर अथवा चीजको एउटा प्रकार हो जुन पूर्वी नेपालको हिमाली भागहरुमा प्रख्यात छ । यो दुग्धजन्य पदार्थमा पर्दछ । शेर्पाहरूले छुर्पीलाई शेर्कम भन्ने गर्छन। यसलाई भुटानमा दुरुकोवा वा दुरुखो भनिन्छ ।

छुर्पी याक वा चौरी गाईको दुधबाट बनाईने गरिन्छ। यसलाई स्थानीय डेरी वा घरमा तयार गरिन्छ। यो महिबाट निकालेको कुरौनीले तयार गरिन्छ, जसलाई सर्जम भनिन्छ। सर्जमलाई जुटको झोलामा बेरेर कस्सेर थिचेर पानी निचोरेर बनाईने गरिन्छ । त्यसपछि यसलाई सुकाएर पनीर जस्तै बनाईन्छ र अन्तिममा यसलाई स-साना टुक्राहरूमा काटेर चुलोमाथि झुण्डाएर सुकाईने गरिन्छ।

नेपालको विभिन्न भागहरुमा छुर्पी बनाउने गरिन्छ । यद्यपी नेपालको पूर्वी हिमाली भागहरुमा बनेको छुर्पीको विशेष महत्व छ जुन नेपालमा मात्रै नभएर युरोप अमेरिका जस्ता देशहरुमा पनि निर्यात हुने गर्दछ ।

छुर्पी याक वा चौरी गाईको दुधबाट बनिने हुँदा यसलाई पूर्ण रुपमा शाकाहारी तथा अर्गानिक मानिन्छ । फ्री होम डेलिभरिका लागि हामीलाई सम्पर्क गर्नुहोला !

सिलिचुङ स्टोर नेपाल
मोबाईल : ९८१३९१५३५५


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट