अण्डाको मूल्य बढ्यो

प्रकाशित मिति: १२ श्रावण २०७८, मंगलवार

काठमाडौं । गत वैशाखको पहिलो साताबाट ओरालो लागेको पोल्ट्री व्यवसायको कारोबार क्रमशः बढ्न थालेको छ ।

साउन महिनामा अण्डा, मासुको खपत कम हुने भनिए पनि माग बढेपछि अण्डाको मूल्य अहिलेसम्मकै उच्च भएको छ । आजदेखि लागू हुनेगरी अण्डाको फार्म रेट प्रतिक्रेट (३० वटाको) ३८५ रुपैयाँ र मिडियम प्रतिक्रेट ३५५ रुपैयाँ कायम गरिएको छ ।

नेपाल अण्डा उत्पादक सङ्घले लागू गरेको यो दर रेट अहिलेसम्मकै उच्च हो । अहिले दैनिक ३३ लाख हाराहारी अण्डा उत्पादन भएको अनुमान छ । अन्य समयमा यो सङ्ख्या ४७ लाखसम्म पुग्ने गरेको थियो ।

निषेधाज्ञाका समयमा प्रतिक्रेट ३३० रुपैयाँसम्म झरेको अण्डाको लागत मूल्य अहिले प्रतिक्रेट ३६० रुपैयाँ हाराहारीमा पुगेको छ ।

नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष शिवराम केसीका अनुसार अण्डाले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ भनेर अहिले अण्डा खानेक्रम बढेको छ । निषेधाज्ञा भएका समयमा खपत क्रमशः बढ्दै गएको केसीको बुझाइ छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट