ओरालो लागेको सुनको मूल्य तोलाको कति पुग्यो ?

प्रकाशित मिति: ७ श्रावण २०७८, बिहीबार

काठमाडौं । अघिल्लो दिनको तुलनामा बिहीबार पनि सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको छ।

केही दिनदेखि निरन्तर ओरालो लागेको सुनको मूल्य बिहीबार प्रतितोला ९१ हजार ८ सय रुपैयाँ पुगेको छ । बुधबार सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा तोलामा १० रुपैयाँले बढेर १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट