आजबाट युनियन लाइफको आईपीओ बिक्री खुल्ला

प्रकाशित मिति: २४ असार २०७८, बिहीबार

काठमाडौं। युनियन लाइफ इन्स्योरेन्सको प्राथमिक शेयर (आईपीओ) आज असार २४ गतेबाट सर्वसाधारणका लागि बिक्री खुल्ला गरिएको छ ।

कम्पनीले ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता शेयर निष्काशनमा ल्याएको हो। कम्पनीको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि त्यसभन्दा माथि १० अंकको गुणाङ्क संख्यामा अधिकतम ३२ हजार २५० कित्तासम्मको लागि आवेदन दिन सकिनेछ।

अहिले कम्पनीको जारी पुँजी २ अर्ब १५ करोड रुपैयाँ छ। यसको ३० प्रतिशत साधारण शेयर जारी गरेको हो। कम्पनीले तीन लाख २२ हजार ५०० कित्ताका दरले कर्मचारी र सामूहिक लगानी कोषलाई शेयर छुट्याएको छ। बाँकी ५८ लाख पाँच हजार कित्तामा सर्वसाधारणको दाबी पुग्ने छ। कम्पनीको आईपीओमा छिटोमा असार २८ गतेसम्म र त्यस अवधिमा पर्याप्त आवेदन नपेरमा साउन ७ गतेसम्म आवेदन दिन सकिनेछ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयरको वेब तथा एप मार्फत पनि आईपीओमा आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट