५१ कम्पनीको लगानी जोखिममा, हल्लाको भरमा सेयर लगानी नर्गन बोर्डको आग्रह

प्रकाशित मिति: १ असार २०७८, मंगलवार

काठमाडौं । नेपाल धितोपत्र बोर्डले बजारमा चलेको हल्लाको भरमा लगानी नगर्न लगानीकर्तालाई आग्रह गरेको छ।

बोर्डले मंगलबार एक विज्ञप्ति निकाल्दै सेयर बजारमा लगानी गर्दा विचार पुर्याएर मात्र लगानी गर्न लगानीकर्तालाई आग्रह गरेको हो । लगानीकर्ताको हित संरक्षणका लागि भन्दै बोर्डले विज्ञप्ति जारी गरेको जनाएको छ।

बोर्डले बजारमा चलेको हल्लाको भरमा लगानी गर्दा लगानी डुब्न सक्ने कुरालाई सबैले ध्यान दिनुपर्ने विज्ञप्तिमा उल्लेख गरेको छ। विशेषगरि सम्बन्धीत कम्पनीको वित्तीय अवस्था र आफ्नो जोखिम मूल्यांकन गर्न सक्ने क्षमतालाई ध्यान दिएर लगानी गर्न बोर्डले आग्रह गरेको छ।

धितोपत्र बोर्डमा सूचीकृत विभिन्न ५१ वटा कम्पनी तुलनात्मक रूपमा जोखिम रहेको देखिएको छ । बोर्डका अनुसार ५१ कम्पनीको सूचीमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक, चन्द्रागिरि हिल्स, विशाल बजारलगायत कम्पनी रहेका छन् ।

शेयर बजार उच्च अङ्कमा पुगेका बेला जोखिम आँकलन गरेर मात्रै लगानी गर्न बोर्डले लगानीकर्तालाई आग्रह गरेको छ । बजार सधैँ बढिरहने मात्र नभइ समय क्रममा घटबढ भइ रहने भएकोले यस बजारमा हल्ला वा लहैलहैमा लागेर लगानी गर्नु जोखिमयुक्त हुने बोर्डले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट