बजेट भाषण : वृद्धभत्ता मासिक ४ हजार पुर्‍याईयो

प्रकाशित मिति: १५ जेष्ठ २०७८, शनिबार

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिकको मासिक भत्ता ४ हजार रुपैयाँ पुर्‍याएको जानकारी दिएका छन् ।

आगामी आर्थिक वर्षको वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले ज्येष्ठ नागरिकले हालसम्म पाउँदै आएको तीन हजार वृद्धभत्तामा एक हजार थप गरी चार हजार पु¥याइएको जानकारी दिएका हुन् ।

बढेको भत्ता १ साउनबाट कार्यान्वयनमा आउने छ । उनले सबै प्रकारका सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशत वृद्धि गरेको बताउँदै सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब रुपैयाँ छुट्याइएको जानकारी दिए।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट