नयाँ बजेट भर्चुअल माध्यमबाट सार्वजनिक गरिने

प्रकाशित मिति: १३ जेष्ठ २०७८, बिहीबार

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते भर्चुअल माध्यमबाट सार्वजनिक गरिने भएको छ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट शनिबार ४ बजे भर्चुअल माध्यमबाट बजेट सार्वजनिक गर्न लागेका हुन् ।

जेठ १४ गते (भोलि) दिउँसो २ बजे आर्थिक सर्वेक्षण सार्वजनिक हुने र १५ गते अपराह्न ४ बजे बजेट सार्वजनिक गर्ने तयारी रहेको अर्थ मन्त्रालयले जनाएको छ।

प्रतिनिधिसभा विघटन भएपछि सरकारले आगामी आर्थिक वर्षको बजेट अध्यादेशमार्फत ल्याउन लागेको हो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट