अब काठमाडौंमा बैंकका ६ वटा शाखा मात्र खोल्न पाइने

प्रकाशित मिति: ९ जेष्ठ २०७८, आईतवार

काठमाडौं । वाणिज्य बैंकहरुले अब काठमाडौं उपत्यकाभित्र दिनमा ६ वटाभन्दा बढी शाख खोल्न नपाउने भएका छन् ।

कोरोना संक्रमण बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले काठमाडौंमा वाणिज्य बैंकका ३, विकास बैंकका २ र फाइनान्स कम्पनीका एक शाखा मात्र खोल्ने निर्णय लिएको हो ।

उक्त नीतिअनुसार अब वाणिज्य बैंकले काठमाडौंमा ३ वटा, ललितपुरमा २ वटा र भक्तपुरमा एउटा गरी काठमाडौं उपत्यकामा जम्मा ६ वटा मात्रै शाखा खोल्न पाउनेछन् भने विकास बैंकले काठमाडौंमा २, ललितपुरमा १ र भक्तपुरमा एउटा गरि जम्मा ४ वटा र वित्त कम्पनीले उपत्यकाका तीनवटै जिल्लामा एक–एकवटा शाखा गरेर जम्मा ३ वटा मात्रै शाखा खोल्न पाउनेछन् ।

राष्ट्र बैंकले सर्वसाधारणलाई पैसाको अतिआवश्यक नभइ बाहिर ननिस्कन भनेको छ। कोभिड-१९ को दोस्रो संक्रमणका कारण बैंक तथा वित्तीय संस्थाका करिब १० हजार कर्मचारी संक्रमित बनेका छन्।

बैंकका कर्मचारीमा कोरोना संक्रमण बढ्दै गएपछि बैंकिङ सेवा नै बन्द हुने अवस्था नआओस् भन्दै वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले ५० हजार रुपैयाँभन्दा कमको निक्षेप नलिने निर्णय गरेको छ । यसमा राष्ट्र बैंकले पनि समर्थन जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट