नेप्सेले माग्यो निफ्रासँग स्पष्टीकरण

प्रकाशित मिति: ४ चैत्र २०७७, बुधबार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)लाई स्पष्टीकरण माग गरेको छ।

नेप्सेले निफ्रालाई धितोपत्र बजारमा मूल्य प्रभाव पार्ने समाचार बाहिरिएको भन्दै स्पष्टीकरण माग गरेको हो। नेप्से व्यवस्थापन समितिको चैत ३ गते बसेको बैठकले ३ दिनभित्र स्पष्टीकरण पेश गर्न निफ्रालाई निर्देशन दिएको छ।

निफ्राले १० प्रतिशत लाभांश बाढ्न लागेको र लण्डन स्टक एक्सचेन्जमा ३० मिलियन डलरको बण्ड सूचीकरण गर्न लागेको बारे उक्त कम्पनीका अधिकारीलाई उदृत गर्दै समाचारहरु मिडियामा आएका थिए। बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले सार्वजनिक रुपमा बैंकले यति प्रतिशत लाभांश दिन्छ भन्ने सूचना दिएको भन्दै नेप्सेले आपत्ति जनाएको हो।

नेप्सेले यही विषयलाई आधार मानेर बैंकसंग स्पष्टीकरण माग गरेको हो। उक्त समाचार के कति मात्रामा सत्य हो ? निफ्राले रणनीतिक साझेदार भित्राउने विषयमा कोसँग कस्तो छलफल भइरहेको छ ? कम्पनीले बैंक तथा वित्तीय संस्था र इन्स्योरेन्स कम्पनीहरूले खरिद गर्ने भनिएको बण्डको सम्बन्धमा के कति मात्रमा छलफल अघि बढाएको हो ? भन्ने विषयमा स्पष्टीकरण माग गरेको छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट