आयल निगम भन्छ-‘पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा हाम्रो भूमिका हुँदैन’

प्रकाशित मिति: २८ फाल्गुन २०७७, शुक्रबार

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पद्धार्थको मूल्यवृद्धिमा नेपाल सरकार र आयल निगमको ठूलो भूमिका नहुने बताएका छन् ।

निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलले निगमले बिक्री गर्ने तेलको मुल्य निर्धारण श्रोतमा हुने मुल्यको घटबढले निर्धारण गर्ने स्पष्ट पारेका हुन् । डलरको रेट, क्रुड आयलमा बढ्ने रेट र ढुवानीको खर्चले पेट्रोलियम पदार्थको मुल्यलाई घटबड गराउने उनको भनाइ छ ।

आयल निगमको खर्च धान्नका लागि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुपर्ने अवस्था नरहेको पनि उनले बताए । प्राकृतिक हिसाबले मूल्य घटबढ हुने भएकाले मूल्य बढ्दा बढाउनु पर्ने र घट्दा घटाउनु पर्ने उनको भनाइ छ ।

हाल निगमले पेट्रोलको मूल्य प्रतिलिटर १ सय १६ रुपैँयाँ, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ९९ रुपैँयाँ र खाना पकाउने एलपी ग्याँसको मूल्य १४ सय रुपैँयाँ कायम गरेको छ । आयल निगमले मूल्यवृद्धि हुँदा पनि कम मात्रै बढाएर बिक्रि गरेको पनि उनले बताए । मूल्यवृद्धि लामो समयसम्म रहे ठूलै लेभलको मूल्य समायोजन गर्नुपर्ने अवस्था आउन सक्ने उनको भनाइ छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट