सुनको मूल्य ९ सयले घट्यो

प्रकाशित मिति: २१ फाल्गुन २०७७, शुक्रबार

काठमाडौं । बिहीबार तोलामा एक हजार रुपैयाँले घटेको सुनको मूल्य शुक्रबार ९ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य ८५ हजार ६ सय रुपैयाँमा झरेको छ ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज तोलामा ३५ रुपैयाँले घटेर १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको बजार अस्थिर भएकाले सुनको मूल्यमा उतारचढाव आइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट