पेट्रोलियम पदार्थको मूल्य वृद्धि,

खाना पकाउने ग्यास २५ रुपैयाँले बढ्यो

प्रकाशित मिति: २९ माघ २०७७, बिहीबार

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । भारतीय आयल निगमले मूल्य वृद्धि गरेसँगै निगमले बुधबार राति १२ बजेदेखि लागु हुने गरी खाना पकाउने ग्यास, पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको हो ।

निगमले विज्ञप्ति जारी गरी खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँले बढाएर एक हजार चार सय रुपैयाँ पुर्‍याएको, पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ बढाएको जनाएको छ ।

नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर ११२ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर ९५ रुपैयाँ कायम गरिएको छ । निगमले हवाई इन्धनको मूल्य भने यथावत कायम राखेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट