नेपाल घुम्न आउने पर्यटकको संख्या बढ्यो

प्रकाशित मिति: २५ माघ २०७७, आईतवार

काठमाडौं । कोरोना महामारी विस्तारै कम हुँदै जानु र खोप अभियान सुरु भएसँगै सरकारले पर्यटक गतिविधि चरणबद्ध रुपमा खुल्ला गर्दै आएको छ।

सरकारले अहिले खोप लगाएर नेपाल आए पर्यटकलाई निवार्ध घुम्न दिने तयारी थालेको छ भने अनअराइभल भिसा पनि खुकुलो बनाउने तयारी सुरु गरेको छ। कोराना महामारीले सबैभन्दा बढी विश्व पर्यटन बजारमा प्रभाव पारेको थियो। सरकारले पर्यटक भिसामा लगाएको प्रतिबन्ध खुकुलो बनाउने तयारी सुरु गरेसँगै नेपाल भ्रमणमा आउने पर्यटकको संख्या विस्तारै बढ्न थालेको छ।

सन २०२१ को जनवरीमा ८ हजार ८ सय ७४ पर्यटक नेपाल भ्रमणमा आएका छन। जसमा सबैभन्दा बढी भारतीय पर्यटक रहेका छन। विभागका अनुसार भारतबाट मात्रै जनवरीमा नेपाल भ्रमणमा आउने पर्यटकको संख्या ४ हजार २८ रहेको छ।

यसैगरी पर्यटक बढी आउने दोस्रो सूचीमा चीन रहेको छ। चीनबाट जनवरीमा १ हजार ८ सय ७७ पर्यटक नेपाल भ्रमणमा आए भने  अमेरिकाबाट ५२, अष्ट्रेलियाबाट ६६, बेल्जियमबाट ९९, भुटानबाट २६, क्यानडाबाट ९६, फ्रान्सबाट १०७ र जर्मनीबाट ९७ जना नेपाल भ्रमणमा आएका छन्।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट