टेकु अस्पतालका निर्देशकलाई कोरोनाको पहिलो खोप लगाइने

प्रकाशित मिति: १३ माघ २०७७, मंगलवार

काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको खोप माघ १४ गते बुधबारबाट लगाउन सुरु गरिने भएको छ ।

बुधबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक सागर राजभण्डारीले कोभिड-१९ विरुद्धको पहिलो खोप लगाउने बताइएको छ । बुधबार बिहान १० बजे अस्पतालकै केन्द्रमा सुरु हुने खोप अभियानअन्तर्गत आफूले पहिलो खोप लगाउने डा. राजभण्डारीले बताए । धेरै मानिसहरुमा खोपप्रति आशङ्कासमेत रहेकाले खोप सुरक्षित रहेको सन्देश दिन आफूले पहिलो खोप लगाउन लागेको उनले बताए ।

त्यस्तै कोरोनाविरुद्धको दोस्रो खोप सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोलालाई लगाइँनेछ भने त्यसपछि टेकु अस्पतालमा फ्रन्टलाइनमा काम गरिरहेका स्वास्थ्यकर्मीहरुलाई कोरोनाविरुद्धको खोप लगाइने छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान १० बजे खोप अभियानको उद्घाटन गर्ने कार्यक्रम छ ।

बुधबारदेखि सुरु हुने खोप अभियानका लागि सातै प्रदेशमा खोप पुर्‍‍याइएको स्वास्थ्य सेवा विभागले जनाएको छ । भारत सरकारले अनुदानमा दिएको १० लाख डोज खोप सुरुमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स तथा शववाहन चालकलगायतलाई दिने जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट