‘द कपिल शर्मा शो’ बन्द हुँदै

प्रकाशित मिति: १२ माघ २०७७, सोमबार

मुम्बई । चर्चित कमेडी शो ‘द कपिल शर्मा शो’ केही महिनाका लागि बन्द हुने भएको छ । शोको निर्माण टिमले यसको प्रशारण केही महिनाका लागि बन्द गर्ने निर्णय गरेको छ ।

केही महिनाको ब्रेकपछि यो शो नयाँ अवतारमा पुनः फर्किने बताइएको छ । यसको प्रशारण फेब्रुअरीको दोस्रो सातादेखि बन्द हुनेछ । ‘द कपिल शर्मा शो’ सन् २०१८ डिसेम्बरदेखि प्रशारण हुन थालेको हो । दर्शक सामु नयाँ शैलीमा कार्यक्रम पेश गर्न निर्माण टिमले यसको प्रशारण बन्द गर्न लागेको जनाएको छ ।

तर, नवभारत टाइम्सका अनुसार कपिल शर्मा शो बन्द हुनुको कारण अरु नै केही हो । एक स्रोतलाई उद्धत गर्दै लेखेको छ, “शो लाई पुनः निर्माण गर्ने कुनै योजना छैन । यो शो सधैं दर्शको प्रिय हो । प्रत्यक्षदर्शी नै यो शो को मुख्य पक्ष हो । यद्यपि कोरोना महामारीका कारण लाइभ दर्शक हटाइयो,” स्रोतले अगाडि थपे, “चलचित्र पनि रिलिज भैरहेका छैनन् र कोही स्टार पनि प्रमोशनका लागि आइरहेका छैनन् । त्यसैले मेकर्सले केही समयका लागि स्थगित गर्नु नै ठिक हुने निर्णय लिएका हुन् । सबै सामान्य भएपछि फर्किने योजना बनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट