देश अगाडि बढ्नबाट कसैले रोक्न सक्दैन : प्रधानमन्त्री ओली

प्रकाशित मिति: १२ माघ २०७७, सोमबार

दाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ विरुद्धको खोप बुधबारबाट लगाउन सुरु गरिने बताएका छन् ।

दाङको देउखुरीमा राप्ती नदीमा बनेको नेपालकै दोस्रो लामो पक्की पुलको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पहिलो चरणको खोप माघ १८ गतेसम्म लगाइ सकिने बताएका हुन्। प्रधानमन्त्री ओलीले कोभिड–१९ ले देश विकासको अभियानमा अघि बढ्न केही प्रतिकुलता थपे पनि प्रतिकुलतालाइ चिरेर अनुकूलतामा बदलेर अघि बढेको बताए।

‘देश अगाडि बढ्छ । देश अगाडि बढ्नबाट कसैले रोक्न सक्दैन’, उनले भने’, ‘हामी संविधानको रक्षा गछौँ । प्रणालीको रक्षा गर्छौं । व्यवस्थाको रक्षा गर्छौं ।’ राप्ती गाउँपालिकाको सिसहनियाँ गढवा गाउँपालिकाको महदेवा जोड्ने राप्ती पुलको शिलान्यास तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७३ मंसिर २२ गते गरेका थिए ।

चार वर्षअघि सुरु भएको पुलको निर्माण कार्य झण्डै एक वर्ष अघि सम्पन्न भएको थियो । करिब ९४ करोड रुपैयाँ लागतमा तयार भएको यो पुलको लम्बाइ ८६५.४० मिटर र चौडाइ साढे १० मिटर छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट