ललितपुरमा घरभित्रै मृत भेटिए दम्पती

प्रकाशित मिति: ६ माघ २०७७, मंगलवार

काठमाडौं । करिब ६ महिनाअघि मात्रै विवाह भएका एक दम्पती कोठाभित्रै मृत भेटिएका छन्।

ललितपुरको महालक्ष्मी नगरपालिका–७, चाँगाथलीमा डेरा गरी बस्ने राजविराज घर भएका ३२ वर्षीय सागर पोखरेल र उनकी २२ वर्षीया श्रीमती निर्मला पोखरेल मृत भेटिएका हुन्। परिवारसहित लुभुमा बस्दै आएका उनीहरु सोमबार मृत भेटिएका हुन्।

केही दिनअघि मात्रै सागरका बुवा–आमा बालकोटस्थित छोरीको घरमा बास बस्न गएका थिए। त्यहाँबाट पटक–पटक फोन गर्दा समेत नउठेपछि कोठामा आएर हेर्दा छोराबुहारी मृत फेला परेको उनीहरुले बयान दिएका छन् ।

मृतक भेटिएको कोठाभित्र स्लफर नामको विषादीको बट्टासमेत फेला परेका कारण आत्महत्या गरेका हुनसक्ने प्रहरीको आशंका छ। पोखरेल भेटेनरी सामानका सप्लायरको काम गर्दै आएको प्रहरीले जनाएको छ।

यसअघि गत पुस २५ गते काठमाडौंको टोखामा उमेश केसी र उनकी श्रीमती सुदिक्षा गिरी मृत भेटिएका थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट