आजदेखि एउटा बैंकको एटीएम अर्कोमा प्रयोग गरे शुल्क लाग्ने

प्रकाशित मिति: १ माघ २०७७, बिहीबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले लकडाउनपछि नि:शुल्क गरेको अन्तरबैंक एटिएम कारोबारमा माघ १ गतेदेखि प्रतिकारोबार २० रुपैयाँसम्म शुल्क लाग्ने भएको छ।

माघ १ गतेदेखि एउटा बैंकको एटिएम कार्ड प्रयोग गरी अर्को बैंकको एटिएमबाट महिनामा दुई पटकभन्दा बढी पटक पैसा निकाल्दा शुल्क लाग्ने भएको हो। तर, महिनामा दुई पटक एउटा बैंकको एटिएम कार्ड प्रयोग गरी अर्को बैंकको एटिएमबाट पैसा निकाल्दा भने शुल्क लाग्ने छैन् ।

केन्द्रिय बैंकले भुक्तानी प्रणाली सम्बन्धि एकिकृत निर्देशन २०७७ मा संशोधन गरी यस्तो व्यवस्था गरेको हो। एउटा बैंकले जारी गरेको एटिएम कार्ड स्वदेशभित्रै अर्को बैंक तथा वित्तीय संस्थाको एटिएममा प्रयोग गर्दा मासिक न्यूनतम २ वटा कारोबारसम्म बैंकहरूले नि:शुल्क गर्न सकिने व्यवस्था मिलाउनुपर्ने छ भने २ वटा भन्दा बढी कारोबारको हकमा भने बैंक तथा वित्तीय संस्थाले बढीमा प्रतिकारोबार २० रुपैयाँसम्म शुल्क लिन सक्नेछन्।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट