बादलले दिए ओलीलाई साथ

प्रकाशित मिति: ९ पुष २०७७, बिहीबार

काठमाडौं। गृहमन्त्री रामबहादुर थापा बादलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिने भएका छन्।

पार्टी विभाजित भएर दुई टुक्रा भइसक्दा समेत कतै नखुलेका गृहमन्त्री थापाले प्रचण्डले आफूलाई साथ दिन आग्रह गर्दा पनि मौन बसेका थिए । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसँग छलफल गरेका गृहमन्त्री थापाले ओलीलाई साथ दिने निर्णय गरेको बालुवाटार स्रोतले जनाएको छ।

औपचारिक रुपमा पार्टी विभाजन हुँदा उपाध्यक्ष बामदेव गौतम र गृहमन्त्री थापा कुनै पनि पक्षमा लागेका थिएनन्। गौतम अहिले पनि कुनै पक्षमा खुलेका छैनन्। बादल प्रधानमन्त्री ओली तर्फ लागे पनि उनका अरु सहयोगी भने पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल खेमामा छन् । बादल एक्लै ओलीतर्फ गएका हुन् ।

वि.सं २०७० सालमा तत्कालीन एकीकृत माओवादी विभाजन हुँदा मोहन वैद्यसँगै गएका बादलले २०७२ सालमा प्रचण्डसँग एकता गरेका थिए। बादल समूहसँगको एकतापछि एकीकृत नेकपा माओवादी नेकपा माओवादी केन्द्र बनेको थियो । अहिले उनी आफ्ना सहयोगी नेता बिना नै ओली तिर गएका हुन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट