सभामुखलाई संसद् बैठक बोलाउन जसपा नेताको माग

प्रकाशित मिति: ९ पुष २०७७, बिहीबार

काठमाडौं । प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानले नदिएको अवस्थामा संसद् जीवितै रहेकोले बैठक आह्वान गर्न जसपाका नेताहरुले सभामुखलाई आग्रह गरेका छन् ।

सभामुख अग्‍निप्रसाद सापकोटालाई सिंहदबारस्थित उनकै कार्यकक्षमा भेट गर्न पुगेका जनता समाजवादी पार्टी (जसपा) नेपालका नेताहरु बाबुराम भट्टराई, उपेन्द्र यादव र लक्ष्मणलाल कर्णले प्रतिनिधिसभा बैठक आह्‍वान गर्न आग्रह गरेका हुन् ।

प्रतिनिधिसभा विघटन भए पनि संविधानविद् तथा नेताहरुले प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकारै नभएको दाबी गर्दै आएका छन्।

यही पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक गरी प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेपछि सोही दिन सरकारको सिफारिस सदर भएको थियो।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट