कालीगण्डकी करिडोरमा ट्रक दुर्घटना

३ जनाको घटनास्थलमै मृत्यु

प्रकाशित मिति: ८ पुष २०७७, बुधबार

नवलपुर । नवलपरासी पूर्वको गैंडाकोट नगरपालिकाअन्तर्गत कालीगण्डकी करिडोरको भोक्रेफाटमा बुधबार बिहान ना३ख ५३३९ नम्बरको ट्रक भिरबाट खस्दा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

बुलिङटार गाउँपालिकाको खामबेंसीबाट फर्कदै गरेको उक्त ट्रक भिरबाट २ सय मिटर तल खसेर दुर्घटनामा परेको हो । मृतक तीनैजना पुरुष रहेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय गैंडाकोटको प्रहरी टोली अहिले घटनास्थलमा पुगेको र उद्धारको कार्य भइरहेको प्रहरीले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट