विदेशमा अलपत्र ४८९ नेपाली स्वदेश फर्किए

प्रकाशित मिति: १४ भाद्र २०७७, आईतवार

काठमाडौं । विदेशमा अलपत्र परेका ४८९ नेपाली स्वदेश फर्किएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगमन र प्रस्थान दुवै गरी आठ अन्तर्राष्ट्रिय चाटर्ड उडानमार्फत नेपाल एयरलाइन्सले क्वालालम्पुरबाट १५१ यात्रु, हिमालय एयरलाइन्सले क्वालालम्पुरबाट १५६, मालिन्डो एयरले क्वालालम्पुरबाट १७३ नेपाली र श्री एयरलाइन्सले बैंककबाट एक शव गरी ४८९ नेपालीलाई स्वदेश फर्काएको हो ।

सोमबार पनि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका चार अन्तर्राष्ट्रिय उद्धार उडान हुने विमानस्थलको तालिका छ। नेपाल एयरलाइन्सले दुबई र दोहा तथा हिमालय एयरलाइन्सले अबुधाबी र दोहामा चाटर्ड उडान गर्नेछन्।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट