अर्को सूचना नआएसम्म शैक्षिक संस्थादेखि सिनेमा हल बन्द नै रहने

प्रकाशित मिति: २७ श्रावण २०७७, मंगलवार

काठमाडौं । सरकारले अर्को सूचना जारी नभएसम्मका लागि शैक्षिक संस्था, प्रदर्शन, मेला, भेला, सिनेमा हल, स्वीमिङ पूललगायत बन्द नै राख्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सूचना तथा संचारमन्त्री डा. युवराज खतिवडाले शैक्षिक संस्थादेखि सिनेमा हलसम्म अर्को सूचना जारी नभएसम्मका लागि बन्द रहने निर्णय गरिएको बताए ।

बैठकले कोरोना संक्रमण बढ्दै गएको सन्दर्भमा शैक्षिक संस्था, सेमिनार, पार्टी प्यालेस, सैलुन, पुस्तकालय अर्को सूचना नभएसम्म बन्द रहने निर्णय गरेको हो ।

यस्तै लामो, मध्यम र छोटो दूरीका अन्तर जिल्ला सवारीसाधन भदौ १६ गतेसम्म बन्द रहनेछन् भने बैंक, वित्तीय संस्थामा आधामात्रै कर्मचारी बोलाएर काममा लगाउन सरकारले निर्देशन दिएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट