कोरोना संक्रमण बढ्दै, आज थपिए ६३८ जना

प्रकाशित मिति: २७ श्रावण २०७७, मंगलवार

काठमाडौं । आज देशभर ६३८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गोतमले पछिल्लो २४ घण्टामा थप ६३८ जना कोरोना संक्रमित थपिएको जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ७ हजार २०१ र कोरोना भाइरसबाट मुक्त हुनेको संख्या १६ हजार ६६४ पुगेको छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट