देशभर ३३८ संक्रमित थपिए, काठमाडौंका ४३ जनामा पुष्टि

कोटेश्वरको असर्फी टोल सिल

प्रकाशित मिति: २६ श्रावण २०७७, सोमबार

काठमाडौं । देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा पछिल्लो २४ घण्टामा थप ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार देशभर कुल संक्रमितको २३ हजार ३१० संख्या पुगेको छ ।

सोमबार काठमाडौं उपत्यकामा ४३ जना कोरोना संक्रमित भेटिएका छन् । काठमाडौंमा ३६, ललितपुरमा ४ र भक्तपुरमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयले जनाएको छ ।

यसैबीच एउटै टोलका १६ जनामा कोरोना संक्रमण देखिएपछि काठमाडौं कोटेश्वरको सेतीओपी मार्गस्थित असर्फी टोल आइतबार रातिदेखि सिल गरिएको छ।

कोटेश्वर चोकस्थित पुलिस चौकी पश्चिम जाने बाटोमा पर्ने सो टोललाई सिल गरिएको हो। सो क्षेत्रका १४० जनाको स्वाब परीक्षण गर्दा ११० जनाको रिपोर्ट आएको र १६ जनामा संक्रमण देखिएको हो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट