कोरोना कहर : कृष्ण जन्माष्टमीको दिन कृष्ण मन्दिर बन्द रहने

प्रकाशित मिति: २३ श्रावण २०७७, शुक्रबार

काठमाडौं । देशभर कोरोना महामारी फैलिरहेका कारण यो वर्ष श्रीकृष्ण जन्माष्टमीका दिन पाटनको कृष्ण मन्दिर बन्द रहने भएको छ ।

साउन २७ गते कृष्णजन्माष्टमी परेकाले सबैलाई घरबाटै पूजा आराधना गरी परम्परालाई निरन्तरता दिन ललितपुर महानगरपालिकाका प्रशासन प्रमुख श्रीभद्र ओझा र मंगल टोल सुधार संघका अध्यक्ष किरणमान प्रधानले विज्ञप्ति निकालेर जानकारी दिएका छन् ।

कृष्णाष्ठमीका दिनमा वर्षेनि राष्ट्रप्रमुख दर्शनका लागि यहाँ आउने चलन भए पनि यस पटक राष्ट्रपति विद्यादेवी भण्डारीको पनि दर्शनका लागि सवारी नहुने भएको छ।

कृष्ण जन्माष्टमीका दिन कृष्णमन्दिरमा श्रद्धालु भक्तजनको ठूलो भीड लाग्ने गर्दछ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट