गुरुशरणको स्वरमा ‘राखी’ गीत सार्वजानिक (भिडियोसहित)

प्रकाशित मिति: १८ श्रावण २०७७, आईतवार

सिरहा । भाई बहिनीको साझा पर्व रक्षा बन्धन अर्थात राखी बन्धनका भावलाई आफ्नो गीती सृजना तथा स्वर मार्फत सिरहा गोलबजार-६ का गुरुशरण सदाले “चान्दो सँ निक हमर बहिना,राखी लेने अइहे हमर अंगना” नामक मैथिली गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

सवरी संकल्प समाज गोलबाजर र मेगा म्युजिक स्टुडियो मिर्चैया ब्यवस्थापन तथा उत्पादन रहेको उक्त म्युजिक भिडियोलाई शरण इन्टरटेन्मेण्ट र मेगा म्युजिक स्टुडियोको युट्युब च्यानल मार्फत आइतबार सार्वजनिक गरिएको हो । मेगा म्युजिक स्टुडियोका निर्देशक मंजय अंसारीले म्युजिक भिडियोमा भाई बहिनीको माया, प्यार संसारमै अमर रहने र कहिले नमेटिने गीतको भावअनुसार छायांकन गरिएको बताए । गीत अत्यन्त उत्कृष्ट रहेको बताउदै उनले लकडाउन र वर्तमान अवस्थाका कारण केही त्रुटिरहेता पनि यो राखीको लागी सान्दर्भिक रहेको बताए ।

गुरुरशरण सदाको रचना तथा दिपेन्द्र रामद्धारा संगितबद्ध रहेको उक्त गीतको म्युजिक भिडियोलाई कलाकार मुकेश यादवले निर्देशन गरेका हुन् । सिरहाको मिरर्चैया सेरोफेरोमा छायांकन गरिएको उक्त म्युजिक भिडियोमा मुकेश यादव, आर्यन, वि.के. चौधरी, गीता चोधरी, नैना र साधानाले अभिनय गरेका छन् भने भिडियो छायांकन शत्रुधन शर्माले गरेका छन् ।

विशेष गरी तराई मधेशमा जनै पूर्णिमको दिन मनाईने रक्षाबन्धनमा दिदी बहिनीहरुले दाजुभाईको दाहिने हातमा राखी बाधेर भगवानसँग रक्षार्थ तथा दिर्घायुको कामना गर्ने गर्छन र दाजुभाईहरुले आफ्नो क्षमता अनुसारको दिदी बहिनीहरुलाई दक्षिणा दिने चलन छ ।

https://youtu.be/-TQrebxHtiY


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट