बग्गीखानाका २ ट्राफिक प्रहरीमा कोरोना पुष्टि

एसएसपीसहित ३७५ जना क्वारेन्टिनमा

प्रकाशित मिति: १८ श्रावण २०७७, आईतवार

काठमाडौं । रामशाहपथस्थित महानगरीय ट्राफिक प्रहरी महाशाखाका दुई जनालाई कोरोना पुष्टि भएपछि कार्यालय नै सिल गरिएको छ।

बग्गीखानाका दुई जनालाई कोरोना संक्रमण पुष्टि भएपछि एसएसपी भिमप्रसाद ढकालसहित महाशाखाका ३७५ जनालाई क्वारेन्टिनमा राखिएको छ ।

महाशाखाका प्रमुख एसएसपी ढकालका अनुसार शुक्रबार २ जना ट्राफिक प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालयमा आउजाउ बन्द गरिएको छ भने महाशाखाका सबै प्रहरी २ दिनदेखि कार्यालयभित्रै छन्। संक्रमण पुष्टि भएका दुई जनालाई प्रहरी अस्पताल लगिएको छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट