सभामुख सापकोटाको सुरक्षार्थ खटिएका प्रहरीमा कोरोना पुष्टि

प्रकाशित मिति: १७ श्रावण २०७७, शनिबार

काठमाडौं । प्रहरी हेडक्वार्टरमा बस्ने र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको सुरक्षामा खटिएका एक सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

सभामुख सापकोटाको सचिवालय स्रोतका अनुसार संक्रमित प्रहरी हेडक्वार्टरमै बस्ने गरेका थिए। पछिल्ला दिनमा हेडक्वार्टरमा पनि कोरोना संक्रमित भेटिएपछि उनको पनि स्वाब संकलन गरिएको थियो।

शुक्रबार ती सुरक्षाकर्मीलाई संक्रमण पुष्टि भए लगत्तै सभामुख निवासका अन्य सुरक्षाकर्मी र कर्मचारीको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको छ।

परीक्षणको रिपोर्ट आज र भोलिसम्म आउने र अनि मात्र उनीबाहेक अन्यमा संक्रमण सरे वा नसरेको जानकारी हुने सचिवालय स्रोतले जनाएको छ।

उनी साउन ६ गतेसम्म सभामुखको अगुवामा सुरक्षार्थ खटिएका थिए।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट