निर्मला हत्याकाण्ड : अदालतले दियो एसपी डिल्लीराज विष्टसहित ८ प्रहरीलाई सफाइ

प्रकाशित मिति: १५ श्रावण २०७७, बिहीबार

कञ्चनपुर । कञ्चनपुर जिल्ला अदालतले निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा प्रमाण नष्ट र यातनाविरुद्धको कसुरमा मुद्दा खेपिरहेका आठजना प्रहरीलाई सफाइ दिएको छ।

जिल्ला न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासले तत्कालीन कञ्चनपुर प्रहरीका एसपी डिल्लीराज विष्ट, डीएसपी अंगुर जिसी, डीएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर एकिन्द्रबहादुर खड्का, इन्स्पेक्टर जगदीशप्रसाद भट्ट, सई हरसिंह धामी, सई रामसिंह धामी र जवान चाँदनी साउदलाई सफाइ दिएको अदालतका श्रेस्तेदार यदुनाथ शर्माले जानकारी दिए ।

उनीहरुविरुद्ध निर्मलाकै आमा दुर्गादेवी पन्तले प्रमाण नष्ट गरेको आरोपमा उजुरी गरेकी थिइन् भने प्रहरीले अभियुक्तका रुपमा सार्वजनिक गरेका दिलिपसिंह विष्टका तर्फबाट दाजु खड्गसिंह विष्टले यातनाविरुद्धको कसुरमा प्रहरीमा उजुरी दिएका थिए । अदालतले दुवै मुद्धामा प्रहरी अधिकारीहरुलाई सफाइ दिएको हो ।

दुई वर्षअघि २०७५ साउन १० गते १३ वर्षीय निर्मला पन्तको बलत्कार गरी हत्या गरिएको थियो।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट