दीपाश्रीलाई माफी दिन राजेश हमालको आग्रह (भिडियोसहित)

प्रकाशित मिति: ३१ असार २०७७, बुधबार

काठमाडौं । अभिनेता राजेश हमालले अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलालाई माफी दिन आफ्ना समर्थक दर्शकहरुलाई आग्रह गरेका छन् ।

मंगलबार राति फेसबुकमार्फत आफ्नो धारणा राख्दै हमालले दीपाश्री वा सम्बन्धीत व्यक्तिलाई मानवताका लागि माफी दिन आग्रह गरेका हुन् । हमालले फेसबुकमा आफ्नो आग्रहसहितको भिडियो सन्देश पोस्ट गरेर ‘सम्बन्धित व्यक्तिलाई माफी’ दिन सबैसँग आग्रह गरेका हुन् ।

भिडियोमा हमालले भनेका छन्, ‘मेरो अनुरोध छ कि, यो राष्ट्रको सिने क्षेत्रका लागि, कला क्षेत्रका लागि, मानवताका लागि अत्यन्तै सकारात्मक भएर सम्बन्धित व्यक्तिलाई माफी दिनुहोला ।’ केही दिनअघि कलाकार दिपाश्री निरौलाले ‘महानायक’का विषयमा दिएको अभिब्यक्ति र टिकाटिप्पणीका विषयलाई लक्षित गर्दै हमालले यस्तो आग्रह गरेका हुन ।

दिपाश्रीले एक अन्तर्वार्ताको क्रममा राजेश हमाललाई दिइएको महानायक उपाधिमा प्रश्न उठाएकी थिइन् । त्यसपछि सामाजिक सञ्जालमा दीपाश्रीको चर्को विरोध गरेका थिए हमालका फ्यानहरुले । दीपाश्रीले माफी मागे पनि सो क्रम रोकिएको थिएन ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट