विवाद समधानका लागि ओली-दाहालबीच वार्ता सुरु

प्रकाशित मिति: १९ असार २०७७, शुक्रबार

काठमाडौं । पार्टीमा उत्पन्न पछिल्लो विवादको समाधान खोज्न नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेका छन् ।

प्रधानमन्त्री ओलीको राजीनामाको मागसहित सत्तारुढ नेकपामा जारी विवाद चर्किंर्द गएपछि विवाद समधानका लागि दुई अध्यक्षबीच निर्णायक वार्ता सुरु भएको हो । बिहीबार बिहान दुई अध्यक्षबीच भएको सहमतिविपरीले प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठक राखेर संसदको जारी वर्षे अधिवेशन अन्त्य गरेपछि पार्टी फुटको संघारमा पुगेको हो।

विवाद उत्कर्षमा पुगेपछि समाधानको पहल थाल्नका लागि स्थायी समिति बैठक दुई दिनका लागि स्थागित गरिएको थियो। दुई अध्यक्षबीच छलफलबाटै विवाद समाधान गर्नका लागि पार्टी स्थायी कमिटिले आज एकदिनको समय दिएको छ ।

ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने माग अर्का अध्यक्ष दाहाल नेपाल समूहको छ । तर. दुवै पदबाट राजीनामा नदिने अडान ओलीले लिएका बेला दुई अध्यक्षबीचको वार्तालाई निर्णायक मानिएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट