नेकपाको स्थायी कमिटि बैठक बस्दै, एमसीसी लगायतका विषयमा छलफल हुने

प्रकाशित मिति: १२ असार २०७७, शुक्रबार

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटि बैठक आज पनि बस्दै छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बस्ने बैठकमा सरकारको कामको समीक्षा, पार्टी एकता प्रक्रिया, अमेरिकी सहायता परियोजना (एमसीसी) र अन्य विविध विषयमा छलफल हुने बताईएको छ ।

बुधबार सुरु भएको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले धारणा राखेपछि शुक्रबारसम्मका लागि स्थगित भएको थियो । आजको बैठकका लागि विभिन्न ७ वटा एजेण्डा तय भएको नेकपा प्रवक्ताा नारायणकाजी श्रेष्ठले बताए ।

बुधबार दुई अध्यक्षले मात्र सम्बोधन गरेको बैठकमा आजदेखि सदस्यहरुले पेश गरिएको एजेण्डामाथि धारणा राख्ने छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट