बाँके दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो, घाइते ३ जनाको अवस्था गम्भीर

प्रकाशित मिति: १९ जेष्ठ २०७७, सोमबार

बाँके । आइतबार मध्यराति नेपालगन्जबाट सल्यान जाँदै गरेको बा५ख ५९९५ नम्बरको फोर्स गाडी रोकिराखेको ना४ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा १२ जनाको मृत्यु भएको छ।

दुर्घटनामा परेको फोर्स गाडीमा भारतका विभिन्न सहरबाट घर फर्किँदै गरेका ३३ जना थिए। उनीहरुलाई नेपालगन्ज नाकाबाट उद्धार गरेर सल्यानतर्फ पठाइँदै थियो।

बाँके जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार घाइते २२ जनामध्ये १ जनाको उपचारका क्रममा सोमबार बिहान मृत्यु भएपछि मृतकको संख्या १२ पुगेको हो।

मृतकमा ११ पुरुष र १ महिला छन्। उनीहरुको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ। २१ घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट