देशभर मौसम बदली,अधिकांश ठाउँमा हावाहुरी र वर्षा हुने

प्रकाशित मिति: १७ जेष्ठ २०७७, शनिबार

काठमाडौं । शनिबार बिहानैदेखि देशभरको मौसम बदली हुनुका साथै विभिन्न स्थानमा वर्षा भइरहेको छ।

मौसमविद्का अनुसार अहिले देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ भने पूर्वी भू-भाग नजिकै निम्न चापीय रेखा पनि छ। यसैगरी स्थानीय वायुको प्रभावका साथै बंगालको खाडीबाट जलवाष्पयुक्त हावा पनि नेपाल प्रवेश गरिरहेको छ। जसका कारण नेपालमा मौसम बदली तथा वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार बिहानैदेखि देशभरको मौसम बदली भएको छ भने पश्चिम तराई, नवलपरासी, भरतपुरलगायत स्थानमा त अहिले वर्षा पनि भइरहेको छ। उनका अनुसार बीचमा केही घण्टा मौसम खुल्ने सम्भावना भए पनि पुनः बदलली भई वर्षा जारी रहने देखिएको छ। ‘आजलाई समग्रमा मौसम खुल्ने देखिन्न,’ उनले भनिन्।

वर्षाका साथमा हावाहुरी र चट्याङको पनि उत्तिक सम्भावना रहेको मौमसविद्ले बताएका छन्। आज राति पनि देशभर मौसम सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा जारी रहने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट