पूर्वयुवराज पारस शाह चढेको गाडी दुर्घटना

प्रकाशित मिति: १० जेष्ठ २०७७, शनिबार

पोखरा । पूर्वयुवराज पारस शाह चढेको गाडी पोखरामा दुर्घटनामा परेको छ ।

शुक्रबार मध्यरातमा पूर्वयुवराज पारसको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लैजाँदै गर्दा उनी चढेको बा १४ च २१३१ नम्बरको गाडीले पोखरा पृथ्वीचोकमा एउटा बाच्छालाई ठक्कर दिएको थियो ।

गाडीको ठक्करले बाच्छा घटनास्थलमै मरेको छ। गाडी दुर्घटना भएपछि प्रहरीले सवारी चालक अशोक गुरुङलाई नियन्त्रणमा लिएको छ। गाडीमा चालकसहित ३ जना थिए।

शुक्रबार मध्यरातमा अचानक छाती दुखेका पारसको स्वास्थ्य परीक्षणपछि अवस्था सामान्य रहेको भन्दै अस्पतालबाट फिर्ता पठाइएको छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट