पृतनापति नै संक्रमित भएपछि नेपाली सेनाको पूरै ब्यारेक ‘सील’

प्रकाशित मिति: ४ जेष्ठ २०७७, आईतवार

जनकपुरधाम । महोत्तरीको बर्दिबासस्थित नेपाली सेनाको मध्यपूर्वी पृतना सील गरिएको छ। बर्दिबास नगरपालिकामा रहेको मध्य पृतनाका पृतनापतीमै कोरोना संक्रमण देखिएपछि लगभग २ हजार सेना रहेको सो ब्यारेकलाई सील गरिएको हो ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पृतनापतिसँगै सोही ब्यारेकका एक चिकित्सकमा समेत कोरोना संक्रमण देखिएको पुष्टि गरेको थियो। संक्रमित चिकित्सक कोरोनाको स्वाब संकलन कार्यमा प्रदेश-२ का विभिन्न स्थानमा खटिएका थिए।

कोरोना पुष्टि भएपछि शनिबार नै दुवै जनालाई उपचारको लागि काठमाडौं लगेर बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालको आइसोलेसनमा उपचार भइरहेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीले जानकारी दिए । दुई जनामा संक्रमण देखिएपछि ब्यारेक सिल गरी कन्ट्यक्ट ट्रेसिङको काम भइरहेको उनले बताए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट