क्वारेन्टाइनमा बसेका युवकको मृत्यु

प्रकाशित मिति: ४ जेष्ठ २०७७, आईतवार

बाँके । बाँकेको नरैनापुर गाउँपालिकामा रहेको दीपेन्द्र माविस्थित क्वारेन्टाइनमा बसेका २४ वर्षीय युवकको आइतबार बिहान मृत्यु भएको छ।

नरैनापुर-५ नयाँ बस्तीका ती युवक वैशाख ३० गते भारतबाट फर्किएपछि क्वारेन्टाइनमा बसेका थिए । उनलाई वाकवाकी लाग्नुका साथै एक्कासी ज्वरो देखिएको थियो ।

उनलाई अस्पताल लैजान स्थानीयले एम्बुलेन्सलाई खबर गरे पनि पीपीई नभएका कारण चालकले नेपालगञ्ज लैजान नमानेको स्थानीयले जानकारी दिए । क्वारेन्टाइनमा उपचार नपाई युवकको मृत्यु भएको भन्दै स्थानीय बासिन्दाले विरोध जनाएका छन् ।

पछिल्ला दिनमा भारतबाट बाँके फर्किनेमा सबैभन्दा धेरै नरैनापुर गाउँपालिका रहेका छन् । त्यहाँ ११ वटा क्वारेन्टाइनमा ६ सय २६ जना बसेका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट