लकडाउन चैत २५ गतेसम्म लम्बियो

प्रकाशित मिति: १६ चैत्र २०७६, आईतवार

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सरकारले लकडाउन चैत २५ गते १२ बजेसम्म लम्ब्याउने निर्णय गरेको छ।

साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले लकडाउन चैत २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या बढेसँगै जोखिमलाई मध्येनजर गर्दै लकडाउन थप्ने निर्णय भएको हो ।

चैत १० गते दोस्रो व्यक्तिमा संक्रमण देखिएलगत्तै उच्चस्तरीय समन्वय समितिले चैत ११ गते मंगलबार बिहान ६ बजेबाट लागू हुने गरी चैत १८ गते बिहान ६ बजेसम्म लकडाउन घोषणा गरेको थियो । आजको नयाँ निर्णयअनुसार लकडाउन चैत २५ गतेसम्म निरन्तर चल्नेछ ।

मन्त्रिपरिषदको भर्खरै सम्पन्न बैठकले अन्तर्राष्ट्रिय सीमा बन्दलाई पनि चैत २५ गतेसम्म कायम राख्ने निर्णय गरेको छ। बैठकले अन्तर्राष्ट्रिय सीमा नाकाबाट यात्रु आवागमनमा लगाएको रोक चैत २५ गते राति १२ बजेसम्म कायमै राख्ने निर्णय गरेको हो ।

यस्तै अन्तर्राष्ट्रिय आवागमन वैशाख ३ गतेसम्म स्थगन गर्ने निर्णय पनि सरकारले गरेको छ। बैठकले सो अवधिसम्म अन्तर्राष्ट्रिय उडान तथा आवागमन बन्द गर्ने निर्णय गरेको हो। तर, सो अवधिमा अत्यावश्यक सामग्री ओसार्ने मालवाहक सवारीसाधनको आवागमनमा रोक नलगाउने सरकारका प्रवक्तासमेत रहेका अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडाले बताए।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट