आस्था राउतलाई पक्राउ गर्ने प्रहरी तयारी

प्रकाशित मिति: ५ माघ २०७६, आईतवार

काठमाडौं । प्रहरीले अभद्र व्यवहारसम्बन्धी कसुरमा गायिका आस्था राउतलाई पक्राउ गर्न अनुमति पाएको छ।

गायिका राउतले भारत जाने क्रममा झापाको उडान भर्ने बेला त्रिभुवन विमानस्थलमा जाँचका क्रममा महिला प्रहरीले आफूलाई हातपातसहित दुर्व्यवहार गरेको आरोप लगाइ रहेका बेला प्रहरीले भने राउतले प्रहरी संगठनकै बदनाम गरेको र ड्युटीमा खटिएका प्रहरीलाई दुर्व्यवहार गरेको दाबी गर्दै मुद्दा दर्ता गरेको थियो ।

ड्युटीमा रहेका बेला आफूलाई दुर्व्यवहार गरेको भन्दै त्रिभूवन विमानस्थलमा कार्यरत महिला प्रहरी रमीता श्रेष्ठले जाहेरी दिएकी थिइन् । विमानस्थलका प्रहरीले आफूलाई दुर्व्यवहार गरेको भन्दै गायिका राउतले गरेको फेसबुक लाइभ भाइरल भएको थियो। लगत्तै प्रहरीले सुरक्षा जाँचका क्रममा दुर्व्यवहार गरिएको भनिएको अवस्थाको सिसिटिभी फुटेज बाहिर ल्याएको थियो।

प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले पक्राउ गर्न अनुमति दिएको हो । अभद्र व्यवहारमा २५ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न र एक वर्षसम्म जेल र १ लाख सम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था रहेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट