मरेको कुखुराको मासु खाँदा एकको मृत्यु, ९ बिरामी

प्रकाशित मिति: ३ मंसिर २०७६, मंगलवार

बैतडी । मरेको कुखुराको मासु खाँदा बैतडीको पुर्चौंडी नगरपालिका वडा नम्बर–२, जरसौंकी १५ वर्षीया पुष्पा पार्कीको ज्यान गएको छ । शनिबार साँझ कुखुराको मासु परिवारका सबै सदस्यले खाएको र अन्य ९ जना बिरामी परेको स्थानीयले बताए ।

कुखुराको मासु सेवनपछि बिरामी हुनेमा ७० वर्षीय पार्वती पार्की, ३३ वर्षीया गंगा पार्की, ८ वर्षीय राकेश पार्की, ३५ वर्षीया जानकी पार्की, १२ वर्षीय मनोज पार्की, १० वर्षीय रमेश पार्की, ६ वर्षीय भुवन पार्की, ६ वर्षीय रुपेश पार्की र ४ वर्षीया सपना पार्की रहेका छन् ।

७० वर्षीया पार्वती बाहेक सबैलाई उपचारका लागि हाट स्वास्थ्यचौकी लगिएको महादेवस्थान स्वास्थ्यचौकीले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट