काठमाडौं आइपुगे सचिन तेन्दुल्कर

प्रकाशित मिति: ३० कार्तिक २०७६, शनिबार

काठमाडौं । भारतका पूर्व क्रिकेटर सचिन तेन्दुलकर नेपाल आएका छन् । युनिसेफको पोषणसम्बन्धी जनचेतना कार्यक्रममा सहभागी हुनका लागि सचिन शुक्रबार राति काठमाडौं आइपुगेका हुन् ।

विमानस्थलमा उनलाई युनिसेफका पदाधिकारीले स्वागत गरेका थिए । गोप्य रुपमा काठमाडौं आएका सचिन विशेष सुरक्षामा द्वारिका होटेलमा बसेका छन् ।

युनिसेफको सदभावना दूत रहेका सचिनले कीर्तिपुरको मैदानमा शनिबार नेपालका पूर्व खेलाडी बिनोद दासको टिमसँग च्यारिटी खेल खेल्ने छन् । दुवै टिममा युनिसेफले स्कुलका विद्यार्थीलाई समावेश गरेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट