राखेपले महिला भलिबल खेलाडीलाई जनही ३ लाख दिने

प्रकाशित मिति: २९ कार्तिक २०७६, शुक्रबार

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले बंगलादेशको ढाकामा भएको एभीसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको नेपाली खेलाडीलाई जनही ३ लाख रुपैयाँ नगद पुरस्कारबाट सम्मान गर्ने घोषणा गरेको छ।

ऐतिहासिक उपाधि जितेका नेपाली खेलाडी शुक्रबार स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली खेलाडीलाई स्वागत गर्न पुगेका खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवालले नेपाली खेलाडीलाई जनही ३ लाख रुपैयाँ दिने घोषणा गरे।

बिहीबार ढाका मिरपुरस्थित शहिद शुरवार्दी इन्डोर हलमा भएको फाइनलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाली भलिबल इतिहासमा ऐतिहासिक स्वर्णपदक जितेको हो। यो नेपाली भलिबल इतिहासको पहिलो अन्तर्राष्ट्रिय उपाधि हो।

यसअघि २०१४ मा काठमाडौंमा आयोजना भएको दक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसिपमा नेपालले जितेको रजतपदक नै नेपाली भलिबलको सबैभन्दा ठूलो पदक थियो।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट