शिल्पा पोखरेललाई पक्राउ गर्न बाटो खुल्ला

प्रकाशित मिति: २७ कार्तिक २०७६, बुधबार

काठमाडौं । बहुविवाहको विवादमा मुछिएकी अभिनेत्री शिल्पा पोखरेललाई पक्राउ गर्न बाटो खुलेको छ ।

सर्वोच्च अदालतले बहुविवाहको मुद्दामा आफूलाई पक्राउ नगर्न पोखरेलले हालेको रिट निवेदन खारेज गर्ने आदेश दिएपछि उनलाई पक्राउ गर्न बाटो खुलेको हो । मंगलबार न्यायाधीशद्वय ईश्वर खतिवडा र मनोज कुमार शर्माको इजलासले पोखरेलको रिट खारेज गर्ने निर्णय गरेको हो।

फिल्म निर्माता छवि ओझासँगको विवादमा जेठी श्रीमती हेमाकुमारी ओझाले बहुविवाह भएको उल्लेख गर्दै प्रहरीमा जाहेरी दिएपछि जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । सो पुर्जी जारी भएपछि बहुविवाह मुद्दामा अनुसन्धान गर्न छवि र शिल्पा दुवैका नाममा पक्राउ पुर्जी जारी भएको थियो ।

जिल्ला अदालतको निर्णयविरुद्ध उच्च अदालत पाटनमा अभिनेत्री पोखरेलले दायर गरेको रिट निवेदनमा जिल्लाको सदर गरेपछि सर्वाेच्च अदालतमा वारेसमार्फत रिट निवेदन दर्ता गराएकी थिइन् । तर, सो निवेदन मंगलबार खारेज भएसँगै शिल्पालाई पक्राउ गर्ने बाटो खुलेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट