रौतहटको प्रहरी चौकीमा विष्फोट, एक प्रहरी घाइते

प्रकाशित मिति: २६ कार्तिक २०७६, मंगलवार

रौतहट । अज्ञात समूहले रौतहटको इशनाथ नगरपालिका-४ को मठिया प्रहरी चौकीमा बम बिस्फोट गराएको छ।

बम बिस्फोटबाट चौकीमा सामान्य क्षति हुनुका साथै एक जना प्रहरी जवान रञ्जित यादव घाइते भएका छन् । प्रह्रीले बिस्फोटमा संलग्न एक जना भारतीय नागरिक र उनी सवार मोटरसाइकललाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा भारत बिहारको ढाका भन्ने स्थानका चन्दन कुमार छन् । उनले प्रयोग गरेको बीआर०५एच६५०९ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ । उनीसँगै मोटरसाइकलमा सवार अर्का व्यक्ति भने फरार भएका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट