विजय उत्सव भन्दा कम छैन नेकपा धरानको घरदैलो

प्रकाशित मिति: २५ कार्तिक २०७६, सोमबार

धरान । यही मंसिर १४ गते हुने उपनिर्वाचनले धरानलाई चुनावी माहोलमा परिणत गरेको छ । यतिबेला राजनीतिक दलका उम्मेदवारहरु घरदैलो अभियानमा व्यस्त बनेका छन् ।

धरान उपमहानगरमा मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तर्फबाट मेयर पदको उम्मेदवार बनेका प्रकाश राईसहितको टोली आइतबार धरान–१५ स्थित श्याम चोकबाट घरदैलोमा निस्किएको नेकपाको घरदैलो अभियान बरगाछी, देवकोटा चोक, पिण्डेश्वर चोक हुँदै निराजन बस्ती आसपासका स्थानमा पुगेको थियो ।

घरदैलो अभियानमा नेकपाका उम्मेदवार प्रकाश राईसहित नेता तथा कार्यकर्ताहरुले घर घरमा पुगेर मतदाताहरुसँग आफ्नो एजेण्डा राख्ने, प्रत्यक्ष रुपमा अन्तरक्रिया गर्ने र ठाँउ ठाँउमा कोणसभा गर्दै आएका छन् । विगत ६ दिनदेखि जारी नेकपाको घरदैलो अभियान धरानको वडा नम्बर ४, ५, ६, २० र ८ मा पुगीसकेको छ भने आज १५ नम्बर वडामा घरदैलो अभियान चल्ने धरानबाट हाम्रा संवाददाताले जानकारी दिएका छन् ।

नेकपाको घरदैलो अभियानमा सहभागीको संख्या धेरै भएपछि विजय र्याली झै देखिएको स्थानीय बताउँछन् । नेकपाले गरेको काम र जनताको विश्वास जितेकोले नै आफूहरुलाई थप उत्साह मिलेको नेकपा १५ नं.अध्यक्ष ज्ञानेन्द्र बस्नेतले बताए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट