शान्ति सदाद्धारा स्वरबद्ध ‘छठी मैया’को गीत सार्वजानिक (भिडियोसहित)

प्रकाशित मिति: १५ कार्तिक २०७६, शुक्रबार

सिरहा । शान्ति सदाको स्वरमा सजिएको पारम्पारिक ‘छठी मैयाके रे महिमा’ गीतको म्युजिक भिडियो सार्वजानिक गरिएको छ ।

सवरी संकल्प समाज गोलबजार सिरहाको सहयोग तथा सुर्यनारायाण सिंहद्धारा रचित ‘छठी मैयाके महिमा महिमा अगम अपार’ बोल रहेको गीतको म्युजिक भिडियोलाई शान्ति सदा र गुरुशरण सदाको अफिसियल युट्युब मार्फत शुक्रबार सार्वजानिक गरिएको हो । गीतको म्युजिक भिडियोमा आदित्य ठकुरीको निर्देशन तथा संगिता श्रेष्ठको सह-निर्देशन, संगीत संयोजन पारस मणीले गरेका हुन्।

गीतका रचियताकार सुर्यनारायण सिंहले ‘छठी मैयाको महिमा अगम अपार र मैयाको महिमा’ अर्थात शक्तिलाई दुनिया संसारले बुझेको शब्द मार्फत चित्रण गरेका छन् । उक्त गीतले छठी मैयाको चित्रण गरेको उनले बताए । गोलबजारकी शान्ति सदाले स्वरबद्ध गरेका यस गीतमा उनै गीतको म्युजिक भिडियोमा पनि देखा परेक छन् ।

छठी मैया सम्बन्धि पहिलो पारम्पारिक गीतलाई बजारमा ल्याएको अवगत गराउदै उनले यसै गीत मार्फत पनि आफ्ना सम्पुर्ण छठी मैयाका श्रद्धालुहरु प्रति भक्तिमय शुभकामना समेत ब्यक्त गरे । गीतले मैथिलमय भाव, शब्द सृजना र मौलिकात रहेकोले यस गीतले मैथिली जनमानसमा दिगो प्रभाव पार्न सक्ने विश्वास उनले ब्यक्त गरे ।

https://youtu.be/QjwHicJPSYc


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट