असोज २ गते देशभरका सरकारी अस्पतालमा ओपीडी सेवा निःशुल्क

प्रकाशित मिति: ३१ भाद्र २०७६, मंगलवार

काठमाडौं । देशैभरका सरकारी अस्पतालहरुमा असोज २ गते बिहीबार ओपीडी सेवा निःशुल्क हुने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफू मातहतका अस्पताल र स्वास्थ्य संस्थाहरूलाई असोज २ गते बिरामीबाट टिकटको पैसा नलिन निर्देशन दिएको छ । असोज ३ गते संविधान दिवस भव्यताका साथ मनाउने सरकारी तयारी रहेकोले सोही अवसरमा स्वास्थ्य संस्थामा ओपिडी सेवाको टिकट निःशुल्क गरिएको हो ।

मन्त्रालयले सूचना जारी गर्दै संघीय अस्पताल तथा स्वास्थ्य संस्थालाई असोज २ गते टिकट निःशुल्क उपलब्ध गरी सेवा प्रदान गर्न अनुरोध गरेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट